स्कटल्यान्डमाथि नेपालको जित, विश्वकप यात्रा सम्मानजनक अन्त्य

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

६ फागुन ,काठमाडौं ।नेपालले आईसीसी टी–२० विश्वकपमा स्कटल्यान्डलाई ७ विकेटले हराउँदै प्रतियोगिताको यात्रा जितका साथ समाप्त गरेको छ। लगातार तीन हारपछि आएको यो सफलता नेपालका लागि सान्त्वना मात्र होइन, १२ वर्षपछि विश्वकपमा प्राप्त महत्वपूर्ण जीत पनि बनेको छ।

भारतको मुम्बईस्थित मा भएको खेलमा स्कटल्यान्डले पहिले ब्याटिङ गर्दै २० ओभरमा ७ विकेट गुमाएर १७० रन बनाएको थियो। माइकल जोन्सले ७१ रन बनाए पनि अन्य ब्याटरले ठूलो इनिङ्स खेल्न सकेनन्। नेपालका सोमपाल कामीले ३ तथा नन्दन यादवले २ विकेट लिए।

१७१ रनको लक्ष्य पछ्याएको नेपालले ४ बल बाँकी छँदै ३ विकेट मात्र गुमाएर लक्ष्य भेट्टायो। ओपनर कुशल भुर्तेल (४३) र आसिफ शेख (३३)ले ७४ रनको सुरुआती साझेदारी गर्दै जितको आधार तयार पारे। त्यसपछि ले आक्रामक अर्धशतक (अविजित ५०) प्रहार गर्दै खेल नेपालतर्फ मोडे।

यसअघि नेपाल इंग्ल्यान्ड, इटाली र वेस्ट इन्डिजसँग पराजित हुँदै समूह चरणबाट बाहिरिसकेको थियो। स्कटल्यान्डविरुद्धको जितले भने नेपाली टोलीलाई सकारात्मक सन्देशसहित विश्वकपबाट बिदा हुने अवसर दिएको छ।

Leave a Comment