नेपाली सेनामा ३८८ जनाको नयाँ भर्ना : प्राविधिकदेखि बिल्लादारसम्म अवसर

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौं, मंसिर २६ — नेपाली सेनाले विभिन्न प्राविधिक तथा विशिष्ट सेवाहरूका लागि ३८८ जनाको ठूलो संख्यामा भर्ना खुलाएको छ। सेनाका अनुसार प्राविधिक, हवाई तथा विविध सेवातर्फ पदिक र बिल्लादार पदमा भर्ती प्रक्रिया सुरु गरिएको हो।

यसपटकको भर्नामा नर्सिङ ओभरसियर, भेहिकल मेकानिक्स, भिडियो ग्राफर, प्रचार–प्रसार, इलेक्ट्रिसियन, डिस्प्याचर, कम्प्युटर, डेण्टल, ध्वनी सम्पादन, ब्याण्ड लगायतका पद समावेश छन्।

कुल सीटमध्ये तर्फ–तर्फको कोटा यसरी छः

खुला: २०५

आदिवासी/जनजाति: ५३

मधेशी: ४४

दलित: २८

महिला: ३१

सैनिक सन्तति: २०

सेनाले आवश्यक योग्यता पूरा गर्ने इच्छुक उम्मेदवारले तोकिएको म्यादभित्र आवेदन दिन आग्रह गरेको छ।

Leave a Comment