काठमाडौं, माघ २१ — पाठेघरको मुखको क्यान्सर रोकथामका लागि महत्वपूर्ण मानिने एचपीभी (ह्युमन प्यापिलोमा भाइरस) विरुद्धको राष्ट्रिय खोप अभियान माघ २५ गतेदेखि देशभर सञ्चालन हुने भएको छ। अभियान फागुन १५ गतेसम्म चल्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले जनाएको छ।
लक्षित समूह को–को?
यो अभियान विशेषगरी किशोरीहरू केन्द्रित छ।
कक्षा ६ मा अध्ययनरत सबै छात्रा
विद्यालय बाहिर रहेका १० वर्ष उमेरका किशोरी
साथै,
गत वर्ष खोप लगाउन छुटेका
कक्षा ७–१० मा अध्ययनरत छात्रा
विद्यालय बाहिर रहेका ११–१४ वर्ष उमेर समूहका किशोरी
लाई पनि समेटिएको छ।
खोप कहाँ र कसरी?
खोप कार्यक्रम पालिकाअनुसार फरक मिति र स्थानमा सञ्चालन हुने भएकाले
नजिकको विद्यालय
स्वास्थ्य संस्था
मा सम्पर्क गरेर खोप लगाउन आग्रह गरिएको छ।
सुरक्षित, प्रभावकारी र निःशुल्क
सरकारले एचपीभी खोप पूर्ण रूपमा निःशुल्क उपलब्ध गराउने जनाएको छ। यो खोप सुरक्षित र प्रभावकारी भएकाले ढुक्क भएर सहभागी हुन स्वास्थ्य अधिकारीहरूको आग्रह छ।
किन आवश्यक छ यो खोप?
एचपीभी संक्रमण नै पाठेघरको मुखको क्यान्सरको मुख्य कारण हो। किशोरी अवस्थामै खोप लगाउँदा भविष्यमा क्यान्सरको जोखिम धेरै हदसम्म कम हुने चिकित्सकहरूको भनाइ छ।
यस अभियानलाई सफल बनाउन अभिभावक, विद्यालय र स्थानीय तहको सक्रिय सहभागिता आवश्यक रहेको मन्त्रालयले जनाएको छ।

