२१ माघ,काठमाडौं: अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन तोकिएको समयमा सम्पन्न हुने कुरा पुनः पुष्टि गरेकी छन्। उनले स्पष्ट पारेकी छिन् कि सरकारले जुनसुकै अवस्था आए पनि निर्वाचन अवश्य गराउने तयारी गरेको छ।
प्रधानमन्त्री कार्कीले भनिन् कि यदि केही कारणले निर्वाचन अवरोध भएमा पनि दोस्रो चरणमा निर्वाचन सम्पन्न गराइनेछ। हिमाली जिल्लामा चिसो वा सवारी साधनको समस्या आएमा पनि मानिसहरूलाई सुरक्षित तरिकाले मतदान गर्न सहज बनाइने योजना रहेको उनले उल्लेख गरिन्।
उनले थपे, “निर्वाचन अवश्य हुनेछ र नयाँ प्रतिनिधि चयन भएपछि नयाँ सरकारलाई सत्ता हस्तान्तरण गर्ने प्रक्रिया तुरुन्तै सञ्चालन हुनेछ।”
यस पटकको निर्वाचनमा करिब ३२ अर्ब रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। प्रधानमन्त्री कार्कीले शान्तिपूर्ण निर्वाचन सुनिश्चित गर्न सरकार सम्पूर्ण तयारीमा रहेको बताइन्।

