राजु चौरसिया(कलैया),२९ माघ २०८२ — जिल्ला प्रशासन कार्यालय बाराले आमाको नामबाट अङ्गीकृत नेपाली नागरिकता प्रमाणपत्र वितरण कार्य सुरु गरेको छ।
नेपाल नागरिकता (दोस्रो संशोधन) ऐन, २०६३ तथा नेपाल नागरिकता नियमावली (चौथो संशोधन), २०६३ बमोजिम प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रले आज दुई जनालाई नागरिकता प्रमाणपत्र प्रदान गरेका हुन्।
नागरिकता प्राप्त गर्नेमा कलैया उपमहानगरपालिका–५ निवासी कान्ती देवी कुर्मीका छोरा सुरज राउत र कलैया–४ निवासी चन्द कुमारी क्षेत्रीका छोरा सागर सिंह रहेका छन्।
जिल्ला प्रशासन कार्यालय बाराले प्रचलित कानुनी व्यवस्था अनुसार आमाको नामबाट अङ्गीकृत नागरिकता वितरण प्रक्रिया अघि बढाइएको जनाएको छ। प्रशासनले योग्य नागरिकलाई कानुनबमोजिम सेवा प्रदान गरिने पनि स्पष्ट पारेको छ।

