ललितपुरमा ट्रक दुर्घटना : ४ जनाको मृत्यु

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

२ फागुन २०८२, ललितपुर। ललितपुरमा मिनी ट्रक दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ। कोञ्जोसोम गाउँपालिका–१ बाउनडाँडामा शुक्रबार राति प्रदेश–०१–००४ क ६२२८ नम्बरको ट्रक अनियन्त्रित भई दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

दुर्घटनामा चालक गोदावरी नगरपालिका–६ निवासी ५२ वर्षीय गणेश खड्का र ट्रकमा सवार सोही स्थानका ४२ वर्षीय गणेश थापाको घटनास्थलमै मृत्यु भएको हो। घाइते भएका करिब ४० र ५० वर्षका दुई पुरुषलाई उपचारका लागि पुर्‍याइएकोमा चिकित्सकले मृत घोषणा गरेका छन्। उनीहरूको सनाखत भने अझै खुल्न सकेको छैन।

प्रहरीका अनुसार दुर्घटनाको कारण खुल्न बाँकी रहेको छ। घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय ललितपुरले जनाएको छ।

Leave a Comment