वडा अध्यक्षको निधनमा कलैया उपमहानगरपालिकाद्वारा शोक बिदा घोषणा

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

बारा, असोज २६ । बाराको कलैया उपमहानगरपालिका–९ का वडा अध्यक्ष पुरुषोत्तम सिंह पाण्डेयको निधनमा उपमहानगरपालिकाले मंगलबार सार्वजनिक शोक बिदा दिने निर्णय गरेको छ।

उपमहानगरपालिकाले सोमबार सूचना जारी गर्दै स्वर्गीय वडा अध्यक्ष पाण्डेयप्रति सम्मान व्यक्त गर्दै शोक मनाउन असोज २७ गते मंगलबार सार्वजनिक बिदा दिने जनाएको हो।
उक्त दिन कलैया उपमहानगरपालिकाको नगर

कार्यपालिकाको कार्यालय, मातहतका सबै वडा कार्यालय, शैक्षिक संस्था तथा स्वास्थ्य संस्थाहरू बन्द रहने सूचनामा उल्लेख छ।
वडा अध्यक्ष पाण्डेयको निधनप्रति सम्मान प्रकट गर्दै उपमहानगरपालिकाले शोक बिदामार्फत दिवंगत जनप्रतिनिधिप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ।

Leave a Comment