चुनावी व्यस्तताबीच पनि पाठ्यपुस्तक समयमै : वैशाखअघि विद्यालयमा पुर्‍याइने

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

१ करोड ५० लाख पुस्तक छपाइ सम्पन्न; बाँकी फागुनमै, दुर्गम जिल्लामा वितरण सुरु

६ फागुन ,काठमाडौं । आगामी निर्वाचनका कारण पाठ्यपुस्तक ढिला हुने आशंका भइरहेका बेला ले नयाँ शैक्षिक सत्र सुरु हुनुअघि नै देशभरका विद्यालयमा पुस्तक पुर्‍याइने जनाएको छ। केन्द्रका अनुसार हालसम्म कक्षा ३ र ५–१० का करिब १ करोड ५० लाख थान पाठ्यपुस्तक छापिसकिएको छ भने बाँकी करिब २० लाख फागुनभित्रै पूरा गरिनेछ।

प्रबन्ध निर्देशक का अनुसार मतपत्र, प्रश्नपत्र र पाठ्यपुस्तक छपाइका लागि प्रयोग हुने मेसिन फरक भएकाले निर्वाचनले पुस्तक उत्पादनमा अवरोध नपारेको हो। “मतपत्र छपाइ सम्पन्न भइसकेको छ, अब एसईई प्रश्नपत्रसँगै पाठ्यपुस्तक छपाइ तीव्र बनाइन्छ,” उनले बताए।

सरकारले वार्षिक करिब २ अर्ब रुपैयाँ खर्च गर्दै विद्यालय तहका निःशुल्क पाठ्यपुस्तक छपाइको जिम्मा जनक शिक्षालाई दिँदै आएको छ। यस वर्ष केन्द्रले कक्षा ३ र ५–१२ सम्मका करिब १ करोड ७० लाख पुस्तक छाप्ने दायित्व लिएको छ।

आगामी वैशाख २ गतेदेखि नयाँ शैक्षिक सत्र सुरु हुने भएकाले चैत अन्तिमसम्म सबै जिल्लामा पुस्तक ढुवानी गरिसक्ने लक्ष्य राखिएको छ। हिमाली तथा दुर्गम जिल्लालाई प्राथमिकतामा राख्दै वितरण सुरु भइसकेको केन्द्रले जनाएको छ।

देशभर रहेका आठ प्रादेशिक कार्यालयमार्फत जिल्ला–जिल्लामा पुस्तक पठाइ विद्यालयसम्म पुर्‍याइने व्यवस्था गरिएको छ। केन्द्रका अनुसार पछिल्ला दुई वर्षजस्तै यस वर्ष पनि विद्यार्थीले शैक्षिक सत्र सुरु हुनुअघि नै पाठ्यपुस्तक पाउनेछन्।

Leave a Comment