७ चैत्र, बारा: नेपाल राष्ट्र बैंक वीरगन्जले आज वीरगन्जमा प्रभातफेरी र्याली निकालेको छ । विश्व मुद्रा सप्ताह दिवसको अवसरमा बैंकले प्रभातफेरी र्याली निकालेको हो ।
आदर्शनगर स्थित बैंकको कार्यालयबाट निकालिएको र्याली बजार परिक्रमा गरेको थियो । वीरगन्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहको प्रमुख आतिथ्यतामा निकालिएको प्रभातफेरीमा विभिन्न बैंक, वितीय संस्था, विमा कम्पनी, सहकारी धितोपत्र सम्बन्धि कामगर्ने संस्थाकागरी चार सय जनाको सहभागिता रहेकोे थियो ।
सन २०१२ देखि विश्वका एक सय ७६ वटा देशले यो दिवस मनाउँदै आएका छन । प्रभातफेरी पछि विभिन्न कलेजका एक सयजना विद्यार्थीहरुलाई बैंकको अवलोकन गराईएको थियो । अवलोकनको क्रममा विद्यार्थीहरुलाई कार्यालयको काम र संगठनात्मक संरचनाको बारेमा बैंकका सहायक निर्देशक श्यामसुन्दर केशरीले जानकारी गराउनु भएको थियो । बैंकका निर्देशक अजित रेग्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पुष्कर सुर्खलिले स्वागत मन्तव्य राख्नु भएको थियो ।