बारामा पानी उद्योगका म्यानेजरको धारिलो हतियार प्रहार गरी हत्या

बिश्वखबर डेस्क
बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

मंसिर १२, २०८२ | बारा

बारामा एक पानी उद्योगका म्यानेजरको धारिलो हतियार प्रयोग गरी हत्या गरिएको छ। सर्लाही धन्कौल–२ निवासी ४२ वर्षीय राजकिशोर सिंह बिहीबार राति घाँटीमा प्रहार गरी हत्या गरिएको अवस्थामा फेला परेका हुन्।

शुक्रबार बिहान प्रसौनी गाउँपालिका–६, भलुही चोक भन्दा केही उत्तरतर्फ Singhको शव देखिएको स्थानीयले जानकारी दिए। घटनास्थलमा तैनाथ अधिकारीका अनुसार सिंह किरण बेभरेज पानी उद्योगमा म्यानेजरको रूपमा कार्यरत थिए।

प्रहरीका अनुसार तालिमप्राप्त कुकुरसहितको टोली परिचालन गरी विभिन्न कोणबाट अनुसन्धान सुरु गरिएको बताए।
प्रहरीले शव परीक्षणका लागि लैजाने तयारीसँगै, आसपासका क्षेत्रबाट प्रमाण संकलन र सम्भावित शंकास्पद व्यक्तिहरूको खोजी तीव्र पारेको जनाएको छ।

Leave a comment