८ चैत्र,बारा: बिश्व मुद्रा सप्ताहको आज चौथो दिन नेपाल राष्ट्र बैंक वीरगन्ज कार्यालयले नेपालकै सब भन्दा कम साक्षर जिल्ला रौतहटको गौर स्थित श्री गौरीशंकर यादव रौतहट क्याम्पसका बिद्यार्थीहरु संग वितिय साक्षरता अभिबृधि कार्यक्रम आयोजना गरेको छ।
उक्त कार्याक्रममा गौरीशंकर यादव क्याम्पस रौतहतका कक्षा 11 मा अध्यनरत 100 जाना बिद्यार्थी सहित 7 वटा बैंकका शाखा प्रबन्धकहरुको उपस्थिति रहेको थियो
नेपाल रास्ट्र बैंक वीरगन्ज कार्यलयका निर्देशक श्री अजित रेग्मीको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा कार्यलयक उप निर्देशक श्री पुस्कर सुर्खालिले स्वागत मन्त्ब्य दिनु भयो भने सहायक निर्देशक श्री श्यामसुन्दर प्रसाद केशरीले वितिया सक्षरता अभिबृधि सम्बन्धि प्रस्तुती दिनु भएको थियो।