महासंघको निर्वाचनमा टिकट बिक्री गरेको भन्दै नेपाल प्रेस युनियन बाराका अध्यक्षलाई कार्बाहीको सिफारिस

बिश्व खबर
बिश्व खबर पाठक संख्या : 418
पढ्न लाग्ने समय : 3 मिनेट
Oplus_0

६ फागुन, बारा: नेपाल प्रेस युनियन बाराका अध्यक्ष श्यामबाबु प्रसाद यादवलाई नेपाल प्रेस युनियन मधेस प्रदेशले कार्बाहीको सिफारिस गरेको छ ।

युनियनका प्रदेश अध्यक्ष सत्य प्रसाद श्रेष्ठले युनियन बाराका अध्यक्ष यादवलाई कार्यवाहीको गर्न केन्द्रिय कार्य समिति र अनुशासन विभागमा सिफारिस हुन ।
हालै सम्पन्न नेपाल पत्रकार महासंघको निर्वाचनमा युनियनका जिल्ला अध्यक्ष यादवले गठबन्धनको निर्णय विरुद्ध घात गरेर एकलौटी ढंगले प्रेस सेन्टरलाई सघाएका थिए ।
प्रेस युनियनको भागमा परेको महासंघको कोषाध्यक्ष पद सेन्टरका अध्यक्ष रंजन यादवलाई युनियनका अध्यक्ष यादवले बेचेको प्रदेश समितिले सोधेको स्पष्टीकरमा उल्लेख छ ।
युनियन बाराका अध्यक्ष यादवले केही सदस्य पद समेत सेन्टरलाई दिएको आरोप लागेको छ ।

Oplus_131072

प्रेस युनियनका सदस्यहरुलाई गाली ग्लौज, धाक धम्की एवम युनियनबाट कार्यवाहीको धम्की दिने, महासंघको निर्वाचनमा टिकट पनि आफु खुसी वितरण गर्नु, अग्रजहरुको सल्लाहको आवश्यकता पनि महसुस नगर्नु एवम युनियनको नाममा अवैध पैसा असुल्ने जस्ता गतिविधी समेत गर्ने गरेको हुदा नेपाल प्रेस युनियनको छैठौ संशोधित बिधान २०७९ को दफा २९ को च बमोजिम कार्यवाहीको सिफारिस गरिएको छ ।

मिति २०८१ साल फागुन ३ गते पत्र संख्या २०८१÷ ८२ को चलानी नम्बर ७ बाट यादवले नेपाल प्रेस युनियनमा पटक पटक अनुशासनको उलंग्घन गर्दै युनियनको ऐन , नियम, बिधी र बिधानलाई समेत धोती लगाउदै आफनो स्वार्थ सिद्ध गर्ने गरि नागरिकता नभएको संदिप यादवलाई नेपाल प्रेस युनियनको सदस्यता दिनु, बिगत ६ बर्ष अगाडी पत्रकारिता छोडी बितिय संस्थामा काम गरी रहेकाब रबिन्द्र प्रसाद साहलाई नेपाल प्रेस युनियनको जिल्ला कार्य समितिमा राख्नु सदस्यता शुद्धिकरण अभियानमा समेत महासंघमा आफनो स्वाथी सिद्ध गर्नका लागि सदस्य कायम गराउनु जस्ता गतिविधी गर्दै आएको आरोप यादवमाथी लागेको छ ।

अध्यक्ष यादवले रवि लामिछाने नेतृत्वको रास्वपा पार्टीका समेत गईसकेका र रवि लामीछानेको स्वकिय सचिव रहेका अविनास अचार्यलाई प्रेस युनियनमा कायम राखी राख्नु र नेपाल प्रेस युनियन युनियनका उपाअध्यक्ष बसन्त खतिवडालाई रास्वपा पार्टीका हरेक गतिविधीमा प्रत्यक्ष संलग्न भई प्रचारप्रसार गर्दा समेत आज सम्म कुनै कार्यवाहीको प्रक्रिया गर्न नसक्नु तथा तिनीहरुलाई प्रेस युनियनमा राखी राख्नु जस्ता गतिविधी गरेको हुदा कार्यवाहीको सिफारिस गरिएको मधेस प्रदेशको अध्यक्ष श्रेष्ठले जनाएका छन ।

महासंघको निर्वाचन सम्पन्न भएको करिब २ साता पछि नेपाल प्रेस युनियनको ब्यानर मुनि आफनै अध्यक्षतामा युनियन बाराका अध्यक्ष यादवले महासंघका निर्वाचित केन्द्रीय सदस्य सिकेन्द्र पासवान, बारा शाखा कि उपाअध्यक्ष प्रियंका दासलाई दोसल्ला ओढाई सम्मान गर्नु र करिब अढाई महिना पछि स्पष्टीकरण सोध्नु जस्ता अपरिपक्क ,अमर्यादित काम युनियन बाराका अध्यक्ष यादवले गरि प्रेस युनियनको मान मार्दन जाने काम गरेका सो कार्यवाहीको सिफारिसमा उल्लेख गरिएको छ ।

Leave a comment