वीरगञ्ज, भदौ २४ । पर्सा जिल्ला प्रशासन कार्यालयले वीरगञ्जको केही क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ।
प्रमुख जिल्ला अधिकारी तोयानारायण सुवेदीले सोमबार एक विज्ञप्ति जारी गर्दै २०८२ भदौ २४ गते बिहान ८:०० बजेदेखि भदौ २५ गते बेलुकी ६:०० बजेसम्म निषेधाज्ञा लागू हुने जानकारी दिनुभएको हो।
उहाँका अनुसार हालको संवेदनशील परिस्थितिलाई मध्यनजर गर्दै सार्वजनिक सुरक्षाका लागि निषेधाज्ञा जारी गरिएको हो। यस अवधिमा सभा, जुलुस, प्रदर्शन, धर्ना, हुलहुज्जत वा भीडभाड गर्न निषेध गरिएको छ।
निषेधाज्ञा क्षेत्र पूर्वतर्फ बाईपास रोडदेखि, पश्चिमतर्फ सिर्सिया पुलसम्म, उत्तरतर्फ गाडा चौकसम्म र दक्षिणतर्फ रक्सौल गेटसम्म सीमित गरिएको छ।
यद्यपि, अस्पताल, एम्बुलेन्स, दमकल, शववाहन, सुरक्षाकर्मी, सञ्चारकर्मी, पर्यटक, मानवीय सेवामा संलग्न संस्था, विद्युत, टेलिफोन, खानेपानी, इन्टरनेट तथा स्वास्थ्य सेवामा खटिने कर्मचारीहरूलाई भने निषेधाज्ञाबाट छुट दिइनेछ।
प्रमुख जिल्ला अधिकारी सुवेदीले सबै पक्षलाई निषेधाज्ञा पालना गर्न आग्रह गर्नुभएको


