जेनजी आन्दोलनबारे बीबीसीको सामग्री हटाउन निर्वाचन आयोगद्वारा प्रेस काउन्सिललाई पत्र

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौँ, फागुन १४ — जेनजी आन्दोलनसम्बन्धी सामग्री हटाउन आग्रह गर्दै निर्वाचन आयोगले प्रेस काउन्सिल नेपाललाई पत्राचार गरेको छ। आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बिहीबार उक्त पत्र पठाइएको पुष्टि गरेका छन्।

आयोगका अनुसार ले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनसम्बन्धी भिडियो तथा सामग्रीमा तत्कालीन प्रहरी प्रमुख चन्द्रकुवेर खापुङले गोली चलाउन आदेश दिएको दाबी प्रस्तुत गरेको छ। आयोगले सो दाबीलाई आपत्तिजनक र तथ्यहीन ठहर गर्दै सामग्री हटाउन काउन्सिलमार्फत पहल गरेको जनाएको छ।

बीबीसीले उक्त सामग्री नेपाली र अंग्रेजी दुवै भाषामा सार्वजनिक गरेको थियो। निर्वाचन आयोगले घटनासम्बन्धी विवरणलाई तोडमरोड गरी प्रस्तुत गरिएको र यसले जनमानसमा भ्रम सिर्जना गर्ने भन्दै आपत्ति जनाएको छ।

यस विषयमा प्रेस काउन्सिल नेपालले भने आयोगको पत्र प्राप्त भएको पुष्टि गर्दै अध्ययनपछि आवश्यक निर्णय गरिने जनाएको छ।

Leave a Comment