सरकार गठनको तयारीमा रास्वपा : रवि–बालेनबीच निरन्तर छलफल, चैत ५ भित्र संसदीय दलको नेता चयन

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 3 मिनेट

२६ फागुन २०८२, काठमाडौं-प्रतिनिधिसभा निर्वाचनमा बहुमत सिट जितेको (रास्वपा) भित्र नयाँ सरकार गठनबारे आन्तरिक छलफल सुरु भएको छ। पार्टी सभापति र वरिष्ठ नेता (बालेन) बीच सरकार निर्माण र मन्त्रिपरिषद् गठनका विषयमा निरन्तर परामर्श भइरहेको पार्टी स्रोतले जनाएको छ।

रास्वपाकी सह–प्रवक्ता प्रतिभा रावलका अनुसार दुवै नेताबीच फोन र अन्य माध्यमबाट कुराकानी भइरहे पनि सभापति लामिछाने स्वास्थ्य समस्याका कारण प्रत्यक्ष भेटवार्ता हुन सकेको छैन। स्वास्थ्य अवस्था सुधार भएपछि चाँडै औपचारिक भेटवार्ता हुने अपेक्षा गरिएको छ।

प्रधानमन्त्रीले नै मन्त्री चयन गर्ने तयारी

काठमाडौँ–३ बाट निर्वाचित सांसद राजुनाथ पाण्डेका अनुसार संसदीय प्रणालीअनुसार प्रधानमन्त्री बन्ने व्यक्तिले नै आफ्नो मन्त्रिपरिषद् चयन गर्नेछन्। उनले भावी प्रधानमन्त्रीका रूपमा अघि सारिएका बालेन शाहले आफूलाई सहज रूपमा काम गर्न सक्ने दक्ष र विश्वासिला व्यक्तिलाई मन्त्री बनाउने बताए।

पाण्डेले मन्त्री छनोट कुनै प्रकारको भागबण्डा वा लेनदेनको आधारमा नभई क्षमता र योग्यता हेरेर हुने उल्लेख गरे। पार्टीभित्र पनि यही समझदारी रहेको उनले बताए।

मन्त्री बन्न दौडधुप आवश्यक छैन : नेता

रास्वपाका केन्द्रीय सदस्य असीम शाहले पनि बालेनले प्रधानमन्त्री भएपछि आफ्नो क्याबिनेट आफैँ गठन गर्ने बताएका छन्। उनका अनुसार मन्त्री बन्नका लागि दबाब, प्रचार वा लबिङ गर्न आवश्यक छैन।

उनले भने, “बालेन शाहलाई सबै सांसदहरूको योग्यता र क्षमता राम्ररी थाहा छ, त्यसैले उपयुक्त व्यक्तिलाई जिम्मेवारी दिनेछन्।”

समानुपातिक सिट र क्लस्टर मिलाउने काम जारी

प्रत्यक्ष निर्वाचनको नतिजा आएपछि रास्वपा अहिले समानुपातिकतर्फका सिटको क्लस्टर मिलाउने आन्तरिक तयारीमा छ। निर्वाचन आयोगले दलित, आदिवासी जनजाति, खस आर्य, मधेसी, थारु र मुस्लिम गरी ६ क्लस्टरअनुसार प्रतिनिधित्व मिलाउनुपर्ने व्यवस्था गरेको छ।

प्रारम्भिक मतपरिणामअनुसार समानुपातिकतर्फ रास्वपाले करिब ५८ सिट पाउने अनुमान गरिएको छ। त्यस्तै ले १९, ले १६, ले ९ तथा अन्य दलहरूले केही सिट पाउने सम्भावना देखिएको छ।

चैत ५ भित्र संसदीय दलको नेता चयन

रास्वपाले चैत ५ गतेभित्र संसदीय दलको नेता चयन गर्ने तयारी गरेको छ। चुनावअघि नै बालेन शाहलाई प्रधानमन्त्रीको उम्मेदवार बनाइएकाले संसदीय दलको नेता पनि उनै बन्ने लगभग निश्चित मानिएको छ।

नेपालको संविधानअनुसार प्रतिनिधिसभामा बहुमत प्राप्त दलको संसदीय दलको नेतालाई राष्ट्रपति ले प्रधानमन्त्री नियुक्त गर्ने व्यवस्था छ।

निर्वाचन आयोगले अन्तिम प्रतिवेदन राष्ट्रपतिसमक्ष बुझाएपछि चैतको पहिलो साताभित्र नयाँ सरकार गठनको प्रक्रिया सुरु हुने अपेक्षा गरिएको छ।

Leave a Comment