राजासंग घाँटी जोडेकाहरुबाट मुलुकले ठुलो नोक्सानी व्यहोर्नुपरेको छ–प्रभु साह

बिश्वखबर
बिश्वखबर पाठक संख्या : 147
पढ्न लाग्ने समय : 2 मिनेट

१२साउन, काठमाडौ : आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले राजासंग घाँटी जोडेकाहरुबाट मुलुकले ठुलो नोक्सानी व्यहोर्नुपरेको बताएका छन् ।

उनले नेपाली कांग्रेस र नेकपा (एमाले)को नेतृत्वमा रहेकाहरुबाट मुलुक समृद्ध हुन नसक्ने आरोप लगाए ।

आजपा निकटको आम उधोग बाणिज्य संघको काठमाडौं अनामनगर स्थित तमुबुद्ध सेवा समितिको सभाहलमा आज भएको पहिलो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले यो एमाले र कांग्रेसको गठबन्धन नभई केपी ओली र शेरबहादुर देउवाको सत्तास्वार्थ केन्द्रित व्यक्तिगत ठगबन्धन भएको आरोप लगाए ।

‘एमाले र कांग्रेस बनाउँनेहरु आज कहाँ छन् ? दुबै पार्टी निर्माण गर्नेहरु आजको दिनमा भागिभागि हिडनुपरेको छ । तर विगतमा राजासंग घाटी जोडने, प्रतिगामी शक्तिहरु त्यो पार्टीको नेतृत्वमा पुगेका छन्’ आजपा अध्यक्ष साहले भने, ‘अहिलेको सत्तारुढ गठबन्धनलाई राष्ट्रिय सहमतीको सरकार भन्दै बाहिर हिडिरहेका छन् । तर वास्तविकता त्यो होईन्, यो विगतमा बदनाम भईसकेका पात्रको ठगबन्धन हो ।’

विधिको शासनको कुरा गर्ने एमालेले लुम्बिनी प्रदेशमा आफ्नै संसदीय दलको नेतालाई मुख्यमन्त्री नबनाई उपनेतालाई मुख्यमन्त्री बनाएको बताउँदै उनले अहिले पनि एमालेभित्रै धेरै नेताहरु पीडित आरोप लगाए ।

कांग्रेसमा पनि त्यस्तै भएको बताउँदै उनले विगतमा राजासंग घाटी जोडने, पार्टी निर्माण नगर्नेहरु नै नेतृत्वमा रहेकाले दुबै पार्टीभित्र नेताहरु पीडित बनेको साहले आरोप लगाए ।

रौतहट ग्रान्डी अस्पतालका निर्देशक डा. संजिवकुमार जयसवाल, माओवादी केन्द्र निकटको प्रेस सेन्टर बागमती प्रदेशका उपाध्यक्ष मोहनजंग कार्की सहित दर्जर्नौ व्यक्त आजपामा प्रवेश गरेका छन् ।

सो भेलाबाट साजनकुमार जैसवालको अध्यक्षतामा १०१ सदस्यीय आम उधोग बाणिज्य संघको केन्द्रीय कमिटी गठन भएको छ ।

कमिटीको उपाध्यक्षमा धिरजकुमार साह, सोना सिलवाल, अमित कुमार साह, महासचिवमा पवन कुमार, सचिवमा अमित सर्राफ, मन्नु राजन, कोषाध्यक्षमा संजीव जयसवाल रहेको आजपा प्रवक्ता चन्द्रभुषण साहले जनाएका छन् ।

यसैगरी सदस्यहरुमा पवन जयसवाल, धिरज जयसवाल, चुनुलाल जयसवाल, उपेन्द्र साह, अनिलकुमार साह, दिपककुमार साह, अमित रौनियार, नितिसकुमार जयसवाल, निशा कुमारी लगायतका रहेका छन् ।