२ चैत २०८२, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना नवनिर्वाचित सांसदका लागि आयोजना गर्न लागेको अभिमुखीकरण कार्यक्रममा कडा अनुशासन लागू गर्ने भएको छ।
पार्टीले जारी गरेको सूचनामा कार्यक्रम स्थलमा परिवारका सदस्य, साथीभाइ वा अन्य पाहुनालाई प्रवेश निषेध गरिएको उल्लेख छ। सांसदहरूलाई कार्यक्रम हुने होटलमा आफन्त वा अन्य व्यक्तिलाई नबोलाउन स्पष्ट निर्देशन दिइएको छ।
सूचनामा कार्यक्रम स्थलमा बाह्य व्यक्तिको उपस्थितिलाई पूर्ण रूपमा रोक लगाइएको उल्लेख गरिएको छ। यसका साथै सांसदहरूले कार्यक्रम अवधिभर परिवारका सदस्य वा अन्य व्यक्तिसँग भेटघाट गर्न नपाउने व्यवस्था गरिएको छ।
त्यस्तै कार्यक्रममा सहभागी सांसदहरूले फोटो खिच्नेसमेत नपाउने जनाइएको छ। कार्यक्रमलाई व्यवस्थित र अनुशासित बनाउन यस्तो व्यवस्था गरिएको पार्टीले जनाएको छ।
नवनिर्वाचित सांसदहरूलाई संसदीय अभ्यास, आचारसंहिता र जिम्मेवारीबारे जानकारी गराउन राष्ट्रिय स्वतन्त्र पार्टीले अभिमुखीकरण कार्यक्रम आयोजना गर्न लागेको हो।

