पर्सा प्रहरीद्वारा ठुलो परिमाणमा चरेस बरामद

बिश्व खबर
बिश्व खबर
पढ्न लाग्ने समय : 2 मिनेट
Oplus_131072

१२ असार,वीरगञ्ज : पर्सा प्रहरीले जिल्लामै हालसम्मकै सबैभन्दा ठूलो परिमाणमा लागुऔषध चरेश बरामद गरेको छ।
वीरगञ्जको परवानीपुर चोकबाट ३१९ केजी चरेशसहित मकवानपुरको थाहानगरपालिका वडा नम्बर १२ घर भएका ३६ वर्षीय बुद्धीबहादुर स्याङ्तानलाई प्रहरीले पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक गौतम मिश्रका अनुसार बुधबार बेलुकी परवानीपुर चोकमा परवानीपुरबाट वीरगञ्जको सिर्सिया सुख्खा बन्दरगाह (ड्राइपोर्ट) तर्फ जाँदै गरेको प्रदेश २–०३–००१ ख ६३४८ नम्बरको ट्रकलाई रोकेर चेकजाँच गर्दा उक्त परिमाणको चरेश फेला परेको हो। ट्रकको सामान लोड गर्ने भागमा प्लाष्टिकको बोराभित्र पोका बनाएर चरेश लुकाइएको अवस्थामा फेला परेको मिश्रले बताए ।

चरेशसहित पक्राउ परेका स्याङ्तानको साथबाट प्रहरीले रु. १ लाख ९२ हजार नगद पनि बरामद गरेको छ। बरामद भएको चरेशको बजार मूल्य करिब १ करोड रुपैयाँ रहेको अनुमान गरिएको छ।
ल्याएको र वीरगञ्जको ड्राइपोर्ट नाका हुँदै भारतमा पु¥याउने योजनामा रहेको बयान दिएका छन्।

पक्राउ परेका स्याङ्तानलाई प्रहरी हिरासतमा राखी पर्सा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक मिश्रले जानकारी दिए।

बिहीबार जिल्ला प्रहरी कार्यालय पर्सामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रहरी उपरीक्षक मिश्रले चरेश, गाँजा, अफिम लगायतका लागुऔषध तस्करीको सञ्जाल तोड्ने गरी पर्सा प्रहरी सक्रिय रहेको र यसैको नतिजास्वरूप यति ठूलो मात्रामा चरेश बरामद गर्न सफल भएको बताए। उनले लागुऔषध तस्करीको ’चेन ब्रेक’ गर्ने गरी अनुसन्धान भइरहेको र यसमा संलग्न अन्य व्यक्तिहरूको बारेमा पनि सुक्ष्म ढंगले छानबिन भइरहेको जानकारी दिए।

Leave a comment