प्रतिनिधिसभामा पुरुषको वर्चस्व, ९६ महिलामात्रै निर्वाचित

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

२७५ सदस्यीय सदनमा १७९ पुरुष, समावेशीतर्फ खसआर्यको हिस्सा सबैभन्दा बढी

५ चैत, काठमाडौं । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको अन्तिम विवरणअनुसार संसद्मा पुरुषको संख्या महिलाभन्दा उल्लेख्य रूपमा बढी देखिएको छ। का अनुसार २७५ सदस्यीय प्रतिनिधिसभामा १७९ पुरुष र ९६ महिला सांसद निर्वाचित भएका छन्।

आयोगले सार्वजनिक गरेको समावेशी तथ्यांकअनुसार विभिन्न समुदायको प्रतिनिधित्वमा समेत असन्तुलन देखिएको छ। खसआर्य समुदायको हिस्सा सबैभन्दा बढी ४९.०९ प्रतिशत रहेको छ भने आदिवासी जनजाति २१.०९ प्रतिशतका साथ दोस्रो स्थानमा छन्। त्यसैगरी मधेशी समुदायबाट १६.७३ प्रतिशत, दलित ६.१८ प्रतिशत, मुस्लिम ३.६४ प्रतिशत र थारु समुदायबाट ३.२७ प्रतिशत प्रतिनिधित्व सुनिश्चित भएको छ।

निर्वाचन प्रक्रियामा प्रत्यक्ष र समानुपातिक दुवै प्रणालीमार्फत ठूलो संख्यामा राजनीतिक दलहरूको सहभागिता रहेको थियो। प्रत्यक्षतर्फ ६१ चुनाव चिह्नमा ६५ दलले प्रतिस्पर्धा गरेका थिए भने समानुपातिकतर्फ ५७ चुनाव चिह्नमार्फत ६३ दल चुनावी मैदानमा उत्रिएका थिए।

निर्वाचन परिणामले प्रतिनिधित्वको दृष्टिले केही प्रगति देखाए पनि लैङ्गिक सन्तुलन अझै चुनौतीपूर्ण रहेको संकेत गरेको छ।

Leave a Comment