२, बैशाख,बारा: बारामा प्रहरीले ठुलो मात्रामा लागू औषध सहित एकजनालाई पक्राउ गरेको छ । प्रहरीले रौतहटको मौलापुर नगरपालिका वडा नं.३ गम्हरीयाका २० बर्षीय अनिल बैठालाई पक्राउ गरेको हो । बैठालाई बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नं. १ पथलैयाबाट शुक्रबार राती पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
रौतहटको मौलापुरबाट काठमाडौँ जाँदै गरेको प्र.०३–००१ ख २७०१ नम्बरको रात्रीबसमा लुकाईछिपाई लैजाँदै गरेको गरेको डाईजापाम–१०२ पाता (२५५० पिस),नाईट्राभेट–३११ पाता(४६६५ पिस) र नोरफिन–५० पाता(१२५० पिस) बैठाको साथबाट बरामद भएको प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी गराए ।
शुक्रबार राती पौने ९ बजेको समयमा प्रहरी चौकी पथलैया खटिएको प्रहरी टोलीले पथलैया चोकमा यात्रु बाहक बसलाई रोकी चेक जाँच गर्दा लुकाई छिपाई लैजाँदै गरेको लागु औषध ट्याबलेट सहित बैठालाई पक्राउ गरिएको होब। पक्राउ परेका बैठालाई नियन्त्रणमा लिई आवश्यक कानूनी प्रकृया अगाडि बढाईएको प्रहरीले जनाएको छ ।