काठमाडौं, १५ चैत २०८२ – नेकपा एमालेले आफ्ना अध्यक्ष को पक्राउको विरोधमा आइतबार देशभर आन्दोलनका कार्यक्रम जारी राखेको छ।
पार्टीले आज मध्याह्न १२ बजे देशभरका जिल्ला प्रशासन कार्यालयमा प्रदर्शन गर्दै प्रमुख जिल्ला अधिकारीलाई विरोधपत्र बुझाउने कार्यक्रम तय गरेको जनाएको छ।
एमालेका नेता का अनुसार पार्टीको निर्णयअनुसार नेता–कार्यकर्ता विरोध प्रदर्शनसहित प्रशासन कार्यालय पुग्नेछन्।
गत चैत १४ गते र लाई जेनजी आन्दोलनमा दमन गरेको आरोपमा पक्राउ गरिएको थियो। त्यसलगत्तै बसेको एमाले सचिवालय बैठकले उनीहरूको तत्काल रिहाइको माग गर्दै आन्दोलन घोषणा गरेको हो।
शनिबार काठमाडौंको माइतीघरदेखि बिजुलीबजारसम्म प्रदर्शन हुँदा अवस्था तनावग्रस्त बनेको थियो। सो क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडपसमेत भएको थियो।
एमालेले गिरफ्तारीलाई ‘गैरकानुनी’ र ‘पूर्वाग्रही’ भन्दै राजनीतिक तथा कानुनी रूपमा सशक्त प्रतिवाद गर्ने जनाएको छ।
उता सरकारले भने कारबाहीलाई कानुनी प्रक्रिया अनुसार अघि बढाइएको दाबी गर्दै आएको छ।

