३० जेठ, बारा : सरकारी जगिर गर्दा एउटा कर्मचारी कति समय एक ठाउँमा बस्न पाउँछ ? एक बर्ष, दुई बर्ष, पाँच बर्ष?
झन सशस्त्र प्रहरीमा कति बर्ष एउटै ठाउँमा बस्न पाउँछन ? बढीमा तीन बर्ष? तर सशस्त्र प्रहरीका एकजना कर्मचारी करिब १७ बर्षदेखी बारामै कार्यरत रहेका छन ।
सशस्त्र प्रहरीको १२ नम्बर गणमा एकजना हवलदार करिब १७ बर्षदेखी कार्यरत रहेका छन । बारामा सशस्त्र प्रहरीको स्थापना भएदेखि नै सशस्त्र प्रहरी हवलदार होम बहादुर थापा बारामा कार्यरत छन ।
बारामा सशस्त्र प्रहरीको स्थापना भएदेखि नै थापा कार्यरत छन । थापा सशस्त्र प्रहरी जवानदेखी हवलदारमा बढुवा भएसम्म बारामै कार्यरत छन । सशस्त्र प्रहरी हवलदार थापा पहुँच भएकै कारण लामो समयदेखि बारामै कार्यरत छन ।
सशस्त्र प्रहरी हवलदार थापा सशस्त्र प्रहरी १२ नम्बर गणको लेखा शाखामा कार्यरत छन । जुनसुकै गणपति आएपनी सशस्त्र प्रहरी हवलदार थापाले रिझाएर बारामै बस्दै आएका छन ।सशस्त्र प्रहरी हवलदार थापा आर्थिक चलखेलमा सक्रिय रहने गरेको स्रोतले जनाएको छ । सशस्त्र प्रहरी थापाले सशस्त्र प्रहरीको युनिटहरुमा आर्थिक लाभकालागी दबाब दिने गरेको स्रोतले दाबी गरेको छ।
सशस्त्र प्रहरीको १२ गणका सशस्त्र प्रहरी नायब उपरीक्षक प्रकाश पौडेलले सशस्त्र प्रहरी हवलदार थापाले कुनै युनिटसँग रकम नलिएको दाबी गरे । उनले लामो समयदेखि सशस्त्र प्रहरी हवलदार थापा बारामा बसेर गणलाई घाटा नभ्एको बताए ।