काठमाडौं, १५ चैत २०८२ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको चिकित्सकले बताएका छन्।
प्रहरी नियन्त्रणपछि उनलाई त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा भर्ना गरिएको थियो। अस्पतालका अनुसार स्वास्थ्य परीक्षण गर्दा अवस्था सामान्य देखिएको छ।
अस्पतालका प्रवक्ता डा गोपाल सेढाईंका अनुसार भर्ना हुँदा केही समय मुटुको धड्कन बढेको भए पनि अहिले अवस्था नियन्त्रणमा आएको छ। मिर्गौलासम्बन्धी अवस्था पनि सामान्य रहेको जनाइएको छ।
यद्यपि, उनको पित्तथैलीमा पत्थरी देखिएकाले चिकित्सकको निगरानीमा राखेर थप उपचार गरिने अस्पतालले जनाएको छ।
ओलीलाई जेनजी आन्दोलनसम्बन्धी छानबिन आयोगको सिफारिसका आधारमा प्रहरीले शनिबार पक्राउ गरेको थियो।

