आजपाको पार्टी प्रवेश कार्यक्रम सम्पन्न

बिश्वखबर
बिश्वखबर पाठक संख्या : 124
पढ्न लाग्ने समय : 2 मिनेट

कलैया,१७ जेठ :  प्रचण्ड गर्मीको प्रवाह नगरी बाराको बारागढी गाउँपालिका-४ सुखीपथरामा आम जनता पार्टी (आजपा)को भव्य खुल्ला कार्यक्रम सम्पन्न भएको छ ।

बिहिबार सुखीपथरामा चर्को गर्मीका बीचमा सर्वसधारण देखी गाउँका अगुवा नेताकार्यकर्ताहरु सो कार्यक्रममा सहभागि भए ।

सो कार्यक्रममा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जसपा, लोसपा सहित बिभिन्न पार्टी परित्याग गरी सयौं नेताकार्यकर्ता एवं समाजसेवीहरु आजपामा प्रवेश गरे । नवप्रवेशीलाई आजपा अध्यक्षले खादा, माला, अविर लगाउँदै पार्टीमा स्वागत गरेका थिए ।

देशमा बढदै गएको भ्रष्टाचार, दलीय लुटतन्त्र, बेथिति एवं कुशासनका बिरुद्धमा आजपाले लिएको अडान ठिक लागेर तिनिहरु आफ्नो मुलपार्टी परित्याग गरी आजपामा प्रवेश गरेको बताउँछन् । पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै आजपा अध्यक्ष साहले पार्टीले भ्रष्टाचार, दलीय लुटतन्त्र, बेथिति एवं कुशासनको बिरुद्धमा निरन्तर लडिरहने र संघर्षका कार्यक्रमलाई निरन्तरता दिने बताए ।

मधेस प्रदेश शिक्षाको अवस्था कमजोर भएको बताउँदै उनले आजपा निकटको आम विद्यार्थी मोर्चाले विद्यार्थी अनुपातका आधारमा एवं बिषयगत शिक्षकको माग गर्दै संघर्ष गरिहेको बताए । सो आन्दोलनलाई सफल बनाई आफ्नो छोराछोरीको उज्जवल भविष्य निर्माणमा उनले जोड दिए ।

साथै गाउँ, प्रदेश देखी संघीय बजेटमा हुने भ्रष्टाचारको खुलेर विरोध गर्नुपर्ने, भ्रष्टाचारीलाई कारवाही गराउने तथा त्यस्ता भ्रष्टहरुलाई जनस्तरबाटै कारवाही थाल्नुपर्ने साहले बताए । भ्रष्टाचारीहरु जहाँ भेटिन्छन त्यही जनकारवाही थाल्नुपर्ने उनले आह्वान समेत गरे । भ्रष्टाचारीहरुलाई कारवाही गर्न सरकार असफल भएको बताउँदै उनीहरुलाई कारवाही नगर्दासम्म मुलुक समृद्ध नहुने उनले बताए ।

समाजसेवी एवं माओवादी केन्द्रका नेता सियाराम साहको अध्यक्षतामा भएको कार्यक्रममा साह सहित बिभिन्न पार्टी परित्याग गरी सयौं नेताकार्यकर्ता, समाजसेवीहरु आजपामा प्रवेश गरेका छन् ।

  • An error has occurred, which probably means the feed is down. Try again later.