अमेरिका–इजरायल–इरान युद्ध एक महिना: मध्यपूर्वमा बढ्दो विनाश र अनिश्चितता

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट
FILE PHOTO: Smoke rises following an Israeli attack in Tehran, Iran, June 18, 2025. Majid Asgaripour/WANA (West Asia News Agency) via REUTERS ATTENTION EDITORS - THIS PICTURE WAS PROVIDED BY A THIRD PARTY/File Photo

एजेन्सी | काठमाडौं | चैत १५, २०८२

अमेरिका, इजरायल र इरानबीच जारी युद्ध एक महिना पुग्दा मध्यपूर्व क्षेत्रमा दशकौँयताकै गम्भीर तनाव सिर्जना भएको छ। निरन्तर आक्रमण र प्रतिआक्रमणका कारण व्यापक मानवीय तथा भौतिक क्षति भएको छ भने विश्व अर्थतन्त्रसमेत प्रभावित बनेको छ।

फेब्रुअरी २८ देखि अमेरिका र इजरायलले इरानका तेहरानसहित विभिन्न सहरमा संयुक्त सैन्य आक्रमण सुरु गरेका थिए। उक्त आक्रमणमा इरानका सर्वोच्च नेता अली खामेनी, उच्च सैन्य अधिकारीहरू तथा सर्वसाधारणको ज्यान गएको बताइएको छ।

यसको प्रत्युत्तरमा इरानले मध्यपूर्वमा रहेका अमेरिकी र इजरायली सैन्य आधारहरूलाई लक्षित गर्दै मिसाइल तथा ड्रोन आक्रमण गरेको छ। यसले क्षेत्रीय सुरक्षा अवस्था थप जटिल बनेको छ।

हर्मुज जलडमरूमध्य क्षेत्रमा बढ्दो तनावका कारण अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य उच्च भएको छ। त्यसको प्रत्यक्ष असर ग्यास, हवाई सेवा तथा ढुवानी क्षेत्रमा परेको छ, जसले विश्वव्यापी आपूर्ति प्रणालीमा दबाब सिर्जना गरेको छ।

युद्धको विरोधमा विश्वका विभिन्न देशहरूमा प्रदर्शन भइरहेका छन्। अमेरिकाका सहरहरूमा समेत युद्ध अन्त्यको माग गर्दै विरोध कार्यक्रम भएका छन्।

इरानभित्र ठूलो संख्यामा सर्वसाधारण प्रभावित भएका छन्। जनधनको क्षति बढ्दै जाँदा त्यहाँको दैनिक जीवन झन् कष्टकर बन्दै गएको छ।

Leave a Comment