शेख हसिनाको आरोप– निर्वाचन फर्जी र असंवैधानिक
१ फागुन, काठमाडौं । मा सम्पन्न आमनिर्वाचनमा (बीएनपी) ले स्पष्ट बहुमत हासिल गर्ने संकेत देखिएको छ। हालसम्म सार्वजनिक मतपरिणामअनुसार बीएनपी सरकार गठनको स्थितिमा पुगेको छ।
३०० सदस्यीय संसदका लागि २९९ सिटमा मतदान भएको थियो। एक निर्वाचन क्षेत्रमा उम्मेदवारको मृत्यु भएपछि त्यहाँको मतदान स्थगित गरिएको थियो। सार्वजनिक २०६ सिटको नतिजामध्ये बीएनपीले १६५ सिट जित्दै अग्रता बनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
बीएनपी अध्यक्ष तारिक रहमान दुई निर्वाचन क्षेत्रबाट विजयी भएका छन्। लामो समय विदेश बसाइपछि स्वदेश फर्किएका रहमान अब प्रधानमन्त्री बन्ने लगभग निश्चित भएको बताइएको छ। उनले निर्वाचनपछि कानून–व्यवस्था सुधारलाई आफ्नो पहिलो प्राथमिकता बनाउने बताएका थिए।
जमात–ए–इस्लामी नेतृत्वको ११ दलीय गठबन्धनले हालसम्म ४५ सिट जितेको छ भने अन्य दल र स्वतन्त्र उम्मेदवारले ३ सिट हात पारेका छन्।
अवामी लिग बाहिर, हसिनाको कडा प्रतिक्रिया
विद्यार्थी आन्दोलनपछि सत्ताच्युत भएकी पूर्वप्रधानमन्त्री नेतृत्वको यसपटक निर्वाचनमा सहभागी हुन पाएन। आन्दोलनपछि गठन भएको अन्तरिम व्यवस्थाले अवामी लिगमाथि प्रतिबन्ध लगाएपछि चुनाव प्रतिस्पर्धा सीमित दलहरूबीच भएको थियो।
हाल भारतमा निर्वासन जीवन बिताइरहेकी हसिनाले निर्वाचनलाई ‘पूर्णरूपमा फर्जी र असंवैधानिक’ भन्दै अस्वीकार गरेकी छन्। उनले अन्तरिम सरकारमाथि गैरसंवैधानिक ढंगले सत्ता सञ्चालन गरेको आरोपसमेत लगाएकी छन्।
झण्डै दुई दशकपछि बीएनपीको सत्तामा बलियो पुनरागमनले बंगलादेशको राजनीतिक समीकरणमा ठूलो परिवर्तन आउने आकलन गरिएको छ।

