सप्तरीमा खेल्दाखेल्दै हराएकी २ वर्षीया बालिका मृत भेटिइन्

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

सप्तरी । शम्भुनाथ नगरपालिका–३ मा दुई वर्षीया बालिका घरपछाडिको झाडीमा मृत अवस्थामा फेला परेकी छन्।
स्थानीय इरफान खातुनकी छोरी खुशी आइतबार बिहान घरमै खेलिरहेकी थिइन्। परिवारका अनुसार उनी बिहान करिब ९ः४० बजेसम्म घरमै खेलिरहेको देखिएकी थिइन्। त्यसपछि बालिका अचानक सम्पर्कविहीन भएपछि परिवारले खोजी सुरु गर्दै प्रहरीलाई समेत जानकारी गराएको थियो।
प्रहरी र स्थानीयवासीले बालिकाको खोजी गर्ने क्रममा घरपछाडिको झाडीमा उनको शव फेला पारेका हुन्।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक हेमराज घिमिरेका अनुसार घटनाबारे आवश्यक अनुसन्धान भइरहेको छ। बालिकाको मृत्युको कारण खुल्न बाँकी रहेकाले पोस्टमार्टमका लागि आवश्यक प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Leave a Comment