१ साउन, काठमाडौं :बारामा आज बिहान यात्रुबाहक बस दुर्घटना हुँदा १७ जना घाईते भएका छन ।
जितपुरसिमरा उपमहानगरपालिका-२३ स्थित नोबेल स्टाईल प्राली अगाडि बस दुर्घटना हुँदा १७ जना घाइते भएका हुन । घाइते मध्ये तीन जनाको अवस्था गम्भीर छ ।
भैरहवाबाट वीरगञ्ज आउँदै गरेको ना ७ ख ६०७६ नम्बरको बस बिहान वीरगन्ज पथलैया सडकखण्डको जीतपुरसिमरा–२३ मा सडकमै पल्टिएको बाराका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए ।
घाइतेहरुको वीरगञ्जको गण्डकस्थित नारायणी बयोधा मेडिसिटी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
बस चालक र सहचालकलाई नियन्त्रणमा राखेर थप अनुसन्धान गरिरहेको डिएसपी न्यौपानेले बताए ।