रुकुमपूर्वमा सडक क्षेत्र अतिक्रमण गरेर बनाइएका संरचनामाथि स्थानीय प्रशासनले डोजर चलाउँदै हटाउने अभियान थालेको छ।
Rukum East District अन्तर्गत पर्ने सिस्ने गाउँपालिका–५ र ६ का कैचिमोड, कमलदह लगायत क्षेत्रमा पुष्पलाल (मध्यपहाडी) राजमार्गको जग्गा मिचेर बनाइएका घरटहरा तथा व्यापारिक संरचना हटाइएको हो।
गाउँपालिकाले यसअघि पटक–पटक सूचना, आग्रह र समयसीमा दिए पनि केही व्यक्तिहरूले अटेरी गरेपछि कडा कारबाहीस्वरूप डोजर प्रयोग गर्नुपरेको जनाएको छ।
सिस्ने गाउँपालिकाका अध्यक्ष कृष्ण रेग्मीका अनुसार सरकारी जग्गा अतिक्रमण गरेर सडक साँघुरो बनाउने कार्य कुनै हालतमा स्वीकार्य नहुने भन्दै कानुन कार्यान्वयन गर्न बाध्य भएको बताए।
स्थानीय प्रशासनले संरचना हटाइएका स्थानमा सुरक्षाकर्मीसमेत परिचालन गरेको छ। साथै, अब पनि अतिक्रमण रोकिएन भने थप कडा कारबाही गर्ने चेतावनी दिएको छ।
सडक अतिक्रमणका कारण राजमार्ग विस्तार, यातायात सञ्चालन र सार्वजनिक सुरक्षामा समस्या देखिँदै आएको थियो। हटाइएका संरचनाको क्षति तथा खर्च सम्बन्धित व्यक्तिबाटै असुल गरिने बताइएको छ।
रुकुमपूर्वमा सडक मिचेर बनेका संरचना हटाउन डोजर परिचालन
Leave a Comment
Leave a Comment





