११ बैशाख, बारा: बारामा प्रहरीले बोकेको पेस्तोल हराएको छ । ईलाका प्रहरी कार्यालय अमलेखगञ्जका प्रमुख वरिष्ठ प्रहरी नायब निरीक्षक सई पूर्ण बिसीले बोकेको पेस्तोल हराएको हो ।
गएराति गाँजा समात्न जाँदा वरिष्ठ सई बीसीले बोकेको पेस्तोल हराएको प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी गराउनु भयो । हराएको पेस्तोलको खोजी भईरहेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय अमलेखगञ्जमा कार्यरत वरिष्ठ सई बिसीसहितको टोली गएराति लागुऔषधको अपरेसनमा गएको थियो । प्रहरीले १२ किलो गाँजा सहित एकजनालाई पक्राउ गरेको छ । अपरेसनकै क्रममा वरिष्ठ सई बीसीको पेस्तोल हराएको प्रहरी नायब उपरीक्षक न्यौपानेले जानकारी गराउनु भयो ।
वरिष्ठ सई बिसीले बोकेको १० राउण्ड गोली लोड भएको अटोमेटिक पेस्तोल हराएको हो । पेस्तोलको खोजी र घटनाबारे बारा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
Leave a Reply