बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

१७ चैत,काठमाडौ-नेकपा एमालेले आफ्ना अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा देशभर आन्दोलन गर्ने निर्णय गरेको छ। मंगलबार बसेको केन्द्रीय सचिवालय बैठकले चरणबद्ध रूपमा प्रदर्शन कार्यक्रम अघि बढाउने निष्कर्ष निकालेको हो।

महासचिव का अनुसार आन्दोलन वडा तहदेखि सुरु भएर पालिका, जिल्ला हुँदै प्रदेशस्तरसम्म विस्तार गरिनेछ। त्यसपछि राजधानी केन्द्रित ठूलो प्रदर्शन गर्ने योजना बनाइएको छ।

निर्धारित कार्यक्रमअनुसार चैत २४ गते देशभरका जिल्ला कमिटीहरूले कार्यकर्ता भेला आयोजना गर्नेछन्। त्यसपछि वैशाख १२ गते काठमाडौँमा बृहत् विरोध सभा र प्रदर्शन गरिनेछ।

एमालेले ओलीको पक्राउलाई राजनीतिक प्रेरित कदम भन्दै त्यसको विरोधमा सडक संघर्षलाई तीव्र बनाउने संकेत दिएको छ।

Leave a Comment