कार्यकाल बाँकीमै सहकारी समितिका पदाधिकारीले दिए राजीनामा

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 0 मिनेट

काठमाडौं, २४ चैत — समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्षसहित तीन जना पदाधिकारीले कार्यकाल सकिनु अघि नै पदबाट राजीनामा दिएका छन्।

मन्त्रिपरिषद्को मंगलबारको बैठकले अध्यक्ष श्रीमण गौतम र विज्ञ सदस्यहरू ललितकुमार महर्जन तथा ध्रुव आचार्यको राजीनामा स्वीकृत गरेको हो।

उनीहरूले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमार्फत राजीनामा पेश गरेका थिए।

सरकारले २०८१ वैशाख २० गते दुई वर्षका लागि नियुक्त गरेका उनीहरूले कार्यकाल पूरा नगरी पद त्यागेका हुन्।

Leave a Comment