बारा । बारामा आयोजना गरिएको मुस्लिम समुदायको इस्तेमा कार्यक्रममा जेनजी एण्ड युथ बाराले सहभागीहरुलाई चिसो सर्वत वितरण गरेको छ। कार्यक्रममा ठूलो संख्यामा उपस्थित श्रद्धालु तथा सहभागीहरुलाई लक्षित गर्दै संगठनले सेवा प्रदान गरेको जनाएको छ।
जेनजी एण्ड युथ बाराका अध्यक्ष सौरभ पाण्डेयले यस्ता सामाजिक तथा धार्मिक कार्यक्रममा सहभागी भई सहयोग गर्नु संगठनको मूल उद्देश्य भएको बताए। उनका अनुसार सबै समुदायबीच आपसी सद्भाव, एकता र भाइचारा कायम गर्नु नै प्रमुख लक्ष्य हो। “कुनै पनि पर्व, उत्सव वा कार्यक्रममा सबै समुदाय मिलेर सहभागी हुनु, एक–अर्कासँग सद्भाव कायम राख्नु र सुख–दुःखमा साथ दिनु हाम्रो लक्ष्य हो,” उनले बताए।
जेनजी एण्ड युथ बारा सामाजिक कार्यमा सक्रिय रहँदै आएको संस्था हो। यसले भविष्यमा पनि सामाजिक सद्भाव, एकता र सेवाको भावनासहित जनताको बीचमा निरन्तर सक्रिय रहने प्रतिबद्धता व्यक्त गरेको छ।
बारामा मुस्लिम समुदायको इस्तेमा कार्यक्रममा जेनजी एण्ड युथ बाराद्वारा चिसो सर्वत वितरण
Leave a Comment
Leave a Comment






