नेपालमा तीन मौसम प्रणाली सक्रिय: आज पनि वर्षा र चट्याङको सम्भावना

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट
???????? ?????? ???????? ?????? ??????, ?? ?????? ???????? ?????? ???? ?????? ????? ???????? ??????????? ?????? ???????? ???????? ????? ? ??????? ??????? ??????÷????

काठमाडौं, वैशाख १४ — देशभर एकैपटक तीन वटा मौसम प्रणाली सक्रिय हुँदा आज पनि विभिन्न स्थानमा वर्षा र चट्याङको सम्भावना देखिएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको संयुक्त प्रभाव रहेको छ। यसकै कारण हिमाली र पहाडी क्षेत्रको आकाशमा सामान्यदेखि घना बादल लागेको छ भने अन्य स्थानमा आंशिक बदली रहेको छ।
दिउँसोको अवस्था:
आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली रहनेछ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहने अनुमान छ भने अन्य स्थानमा मौसम प्रायः सफा रहनेछ।
कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका उच्च भूभागका एक–दुई स्थानमा पनि हल्का वर्षा वा हिमपात हुन सक्नेछ।
लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा भने तातो बढ्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।
रातिको अवस्था:
राति हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ भने पहाड र तराईमा आंशिक बदली रहनेछ। कोशी, बागमती, गण्डकी तथा कर्णाली प्रदेशका केही उच्च भूभागमा हल्का वर्षा वा हिमपात हुन सक्ने अनुमान गरिएको छ।
मौसमविद्हरूले मेघगर्जन र चट्याङको जोखिम भएकाले सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन्।

Leave a Comment