काठमाडौं, साउन १८ — सात राजनीतिक दलले संयुक्त रूपमा नयाँ राजनीतिक गठबन्धन ‘अग्रगामी मोर्चा’ गठन गर्ने तयारी गरेका छन्। मोर्चाको औपचारिक घोषणा आगामी साउन २३ गते काठमाडौंको बानेश्वरस्थित थापा गाउँ बैंक्वेटमा गर्ने कार्यक्रम तय भएको छ।
जनमत पार्टीका अध्यक्ष सिके राउतका अनुसार मोर्चामा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (नेपाल)देखि जनार्दन शर्मा नेतृत्वको प्रगतिशील लोकतान्त्रिक पार्टीसम्मका दल सहभागी हुनेछन्।
मोर्चामा जनता समाजवादी पार्टी (नेपाल), जनमत पार्टी, आम जनता पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी, नागरिक उन्मुक्ति पार्टी नेपाल, नेपाल संघीय समाजवादी पार्टी र बहुजन एकता पार्टी नेपाल आबद्ध हुने जनाइएको छ।
नेताहरूका अनुसार साझा राजनीतिक एजेन्डा, संघीयता, समावेशिता र समसामयिक राष्ट्रिय मुद्दामा संयुक्त धारणा बनाएर अघि बढ्ने उद्देश्यका साथ मोर्चा गठन गर्न लागिएको हो। मोर्चा घोषणासँगै आगामी राजनीतिक कार्यदिशा र कार्यक्रमसमेत सार्वजनिक गरिने बताइएको छ।
सात दलले साउन २३ मा ‘अग्रगामी मोर्चा’ घोषणा गर्ने तयारी
Leave a Comment
Leave a Comment

