दुर्गा प्रसाईं रिहा, अदालतले म्याद थप्न अस्वीकार

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौं, साउन १८ — भक्तपुर जिल्ला अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई रिहा गर्न आदेश दिएको छ।
आइतबार राति पक्राउ परेका प्रसाईंलाई म्याद थपका लागि सोमबार अदालतमा उपस्थित गराइएको थियो। तर अदालतले अनुसन्धानका लागि थप म्याद आवश्यक नरहेको ठहर गर्दै म्याद थप्न अस्वीकार गरेको र तत्काल रिहा गर्न आदेश दिएको हो।
प्रहरीले प्रसाईंविरुद्ध साइबर अपराध, सार्वजनिक नैतिकता तथा शिष्टाचारविरुद्धको कसुर र सार्वजनिक शान्तिविरुद्धको कसुर गरेको आरोपमा अनुसन्धान अघि बढाएको थियो।
अदालतको आदेशसँगै प्रसाईं हिरासतबाट रिहा भएका छन्। प्रहरीले उनीमाथि लगाइएका आरोपका सम्बन्धमा आवश्यक कानुनी प्रक्रिया भने अन्य प्रचलित कानुनी व्यवस्था अनुसार अगाडि बढाउन सक्ने जनाएको छ।

Leave a Comment