काठमाडौं, साउन १७ — नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। निगमले आइतबार नयाँ मूल्यसूची सार्वजनिक गर्दै पेट्रोल, डिजल र मट्टीतेलको मूल्य बढाएको हो।
नयाँ व्यवस्थाअनुसार पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ तथा डिजल/मट्टीतेलमा प्रतिलिटर ५ रुपैयाँ वृद्धि गरिएको छ।
निगमका अनुसार संशोधित मूल्य आइतबार राति १२ बजेदेखि देशभर लागू हुनेछ।
यद्यपि, खाना पकाउने एलपी ग्यासको मूल्य भने हाललाई यथावत राखिएको निगमले जनाएको छ।
पेट्रोलियम पदार्थको मूल्य बढ्यो, आज राति १२ बजेदेखि नयाँ दर लागू
Leave a Comment
Leave a Comment

