सम्पत्ति छानबिन आयोगविरुद्ध सर्वोच्चमा रिट, खारेजीको माग

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौँ, १५ वैशाख । सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरिएको छ । आयोगको वैधानिकतामाथि प्रश्न उठाउँदै अधिवक्ता डा. प्रेमराज सिलवालले मंगलबार रिट निवेदन दर्ता गराएका हुन् ।
रिटमा उक्त आयोग संविधानविपरीत रहेको दाबी गर्दै खारेज गर्न माग गरिएको छ । यस विषयमा सर्वोच्च अदालतले बुधबारका लागि पेसी तोकेको छ ।
सरकारले गत वैशाख ३ गते सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको संयोजकत्वमा पाँच सदस्यीय आयोग गठन गरेको थियो । आयोगलाई २०६२ सालयताका उच्च पदाधिकारीहरूको सम्पत्ति छानबिन गर्ने जिम्मेवारी दिइएको छ ।
अब सर्वोच्च अदालतको आगामी सुनुवाइले आयोगको भविष्यबारे महत्वपूर्ण निर्णय गर्ने अपेक्षा गरिएको छ ।

Leave a Comment