राष्ट्रिय सभा निर्वाचनबारे छलफल गर्न एमाले सचिवालयको आज बैठक

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौँ, पुस २२, २०८२ ।
नेकपा एमालेले आज सचिवालय बैठक आह्वान गरेको छ। बैठक मंगलबार बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने तय भएको छ।

केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीका अनुसार बैठकमा आगामी राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि उम्मेदवार छनोटका विषयमा मुख्य छलफल हुनेछ। साथै अन्य राजनीतिक दलसँग सम्भावित चुनावी तालमेलको अवस्थाबारे पार्टी अध्यक्ष केपी शर्मा ओलीले सचिवालय सदस्यहरूलाई ब्रिफिङ गर्ने तयारी रहेको छ।

राष्ट्रिय सभा निर्वाचनलाई केन्द्रमा राख्दै कांग्रेस, एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच तालमेलका विषयमा निरन्तर संवाद भइरहेको भए पनि हालसम्म औपचारिक सहमति जुट्न सकेको छैन। आजको बैठकले उम्मेदवारी र गठबन्धन रणनीतिमा पार्टीको धारणा स्पष्ट गर्ने अपेक्षा गरिएको छ।

Leave a Comment