काठमाडौं । ICC Women’s T20 Challenge Trophy अन्तर्गत भएको खेलमा नेपालले भानुआटुमाथि शानदार जित निकाल्दै अघिल्लो हारको बदला लिएको छ। नेपाली टोलीले बिहीबार ८३ रनको फराकिलो अन्तरले जित दर्ता गरेको हो।
खेलकी नायिका बनिन् कविता कुँवर, जसले घातक बलिङ गर्दै ह्याट्रिकसहित कुल ६ विकेट हात पारिन्। उनले मात्र ३.४ ओभरमा ५ रन खर्चेर भानुआटुको ब्याटिङ लाइन ध्वस्त पारिन्।
पहिले ब्याटिङमा नेपालको सन्तुलित प्रदर्शन
रुवान्डाको किगालीस्थित Gahanga International Cricket Stadium मा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ३ विकेट गुमाउँदै १३२ रन बनायो।
ओपनर सम्झना खड्का ले ५२ रनको अर्धशतकीय इनिङ्स खेल्दै टोलीलाई मजबुत सुरुआत दिलाइन्। उनले पूजा महतोसँग पहिलो विकेटका लागि ५४ रनको साझेदारी गरिन्।
कप्तान इन्दु वर्मा ले विस्फोटक ब्याटिङ गर्दै १८ बलमा अविजित ४३ रन जोडिन्।
भानुआटु ४९ रनमै समेटियो
१३३ रनको लक्ष्य पछ्याएको भानुआटु नेपाली बलिङ आक्रमण अगाडि टिक्न सकेन। टोली ४९ रनमै अलआउट भयो।
कवितासँगै पूजा महतो र रचना चौधरी ले पनि २–२ विकेट लिएर उत्कृष्ट साथ दिए।
उपाधि दौडबाट बाहिर
नेपालले जित निकाले पनि उपाधि होडबाट भने बाहिरिसकेको छ। United States Women’s Cricket Team ले इटालीलाई हराएपछि नेपालका लागि फाइनल सम्भावना समाप्त भएको हो।
नेपालले अब आफ्नो अन्तिम खेल इटालीसँग खेल्नेछ। हालसम्म नेपालले चार जित हासिल गरेको छ भने दुई खेलमा अमेरिका विरुद्ध पराजित भएको थियो।
भानुआटुमाथि नेपालको सानदार जित, कविताको ह्याट्रिकमा ८३ रनको बदला
Leave a Comment
Leave a Comment

