हेटौँडा — बागमती प्रदेशसभाको बैठक एक दिन पछि सारिएको छ। यसअघि सोमबार साँझ ८ बजेका लागि तय गरिएको बैठक अब मंगलबार अपराह्न ४ बजे बस्ने भएको छ।
बैठकमा मुख्यमन्त्री किरण थापाले प्रदेशसभाबाट विश्वासको मत लिने कार्यसूची रहेको छ। मुख्यमन्त्री थापाले विश्वासको मत लिनुपर्ने भएपछि प्रदेशसभा बैठक आह्वान गरिएको हो।
प्रदेशसभा सचिव रामकुमार पौडेलका अनुसार सभामुखले प्रदेशसभा नियमावली, २०७४ को नियम ६ को उपनियम (३) बमोजिम बैठकको मिति र समय परिवर्तन गरेका हुन्।
यससँगै मुख्यमन्त्री थापाले मंगलबारको बैठकमा आफ्नो सरकारलाई प्रदेशसभाको विश्वास रहेको प्रमाणित गर्नुपर्नेछ।

