ब्राहमण समाज नेपाल बाराको भवनको शिलान्यास

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

बारा, १८ वैशाख-ब्राहमण समाज नेपाल बाराको भवन निर्माण कार्यको शिलान्यास गरिएको छ ।
बाराको सदरमुकाम कलैया उपमहानगरपालिका–७ मा अवस्थित उक्त भवनको शुक्रवार एक कार्यक्रमको आयोजना गरी शिलान्यास गरिएको हो ।
कार्यक्रममा ब्राहमण समाज नेपाल बाराका अध्यक्ष अनिल पाण्डेयले विधिवत् रूपमा भवनको शिलान्यास गर्नुभएको थियो ।
स्थानीय समाजसेवी, बुद्धिजीवी तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरुको उल्लेख्य उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा वक्ताहरुले समाजको एकताको लागि भवन महत्वपूर्ण हुने बताउनु भएको थियो ।
शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष अनिल पाण्डेयले ब्राहमण समाजको पहिचान, संरक्षण तथा सामाजिक गतिविधिहरु सञ्चालनका लागि आफ्नै भवन आवश्यक रहेको उल्लेख गर्नुभयो । उहाँले लामो समयदेखि समाजका सदस्यहरुको चाहना अनुसार भवन निर्माण कार्य अघि बढाइएको बताउँदै सबैको सहयोग र सहभागिताले यो कार्य सफल हुने विश्वास व्यक्त गर्नुभयो ।
अध्यक्ष पाण्डेयले भन्नुभयो, “यो भवन केवल एउटा संरचना मात्र होइन, हाम्रो पहिचान, संस्कार र सामाजिक एकताको केन्द्र बन्नेछ । आगामी दिनमा यहाँबाट विभिन्न सामाजिक, शैक्षिक तथा सांस्कृतिक कार्यक्रमहरु सञ्चालन गरिनेछ ।”
उहाँले भवन निर्माण कार्य समयमै सम्पन्न गर्नका लागि सबै सदस्य तथा सहयोगीहरुलाई आर्थिक तथा नैतिक सहयोग गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा सहभागीहरुले भवन निर्माणले समुदायलाई संगठित गर्न, युवाहरुलाई सामाजिक कार्यमा जोड्न तथा परम्परागत मूल्य–मान्यताको संरक्षण गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नु भएको थिया ।
ब्राहमण समाज नेपाल बाराले भवन निर्माणलाई चरणबद्ध रुपमा अघि बढाउने योजना बनाइएको जनाएको छ ।
शिलान्यास कार्यक्रममा नेकपा एमाले बाराका अध्यक्ष अध्यानन्द पाण्डे, अधिवक्ता अरुण कुमार दुबे, नेपाल पत्रकार महासंघ बाराका पूर्व उपाध्यक्ष राकेश पाण्डेय, मनिन्द्र शर्मा, सुजित पाण्डे, उमेश दुबे, चन्द्रभुषण शर्मा, विजय पाण्डेय, अशुतोष पाण्डे, नेपाल पत्रकार महासंघ बाराका सदस्य धिरेन्द्र तिवारी, विजय पाण्डे लगायतको उपस्थिति रहेको थियो ।

Leave a Comment