जेनजी आन्दोलनपछि पहिलोपटक सार्वजनिक भए प्रचण्ड, पेरिसडाँडाको अवलोकन

बिश्वखबर डेस्क
बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौं- ३१ भदौ ।
जेनजी आन्दोलनपछि नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज पहिलोपटक सार्वजनिक भएका छन् । उनले मंगलबार बिहान पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाको अवलोकन गरेका छन् ।
जेनजी आन्दोलन हिंसात्मक बनेपछि प्रचण्डसहित शीर्ष नेताहरुलाई नेपाली सेनाले ब्यारेकमा सुरक्षा दिँदै राखिएको थियो । आन्दोलनका क्रममा पेरिसडाँडास्थित माओवादी केन्द्रको केन्द्रीय कार्यालयमा आगजनी समेत भएको थियो ।
यसअघि हिजो पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पनि सो कार्यालय अवलोकन गरेका थिए । हाल माओवादी कार्यकर्ताहरूले पार्टी कार्यालयको सरसफाइ अभियान थालेका छन् ।

Leave a comment