रास्वपाले बोलायो सचिवालय बैठक

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 0 मिनेट

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सचिवालय बैठक बोलाएको छ। पार्टीले आइतबार मध्यान्ह साढे १२ बजे बस्ने गरी बैठक तय गरेको हो।
पार्टीका प्रवक्ता मनिष झाका अनुसार बैठक वनस्थलीस्थित केन्द्रीय कार्यालयमा बस्नेछ।
बैठकमा समसामयिक राजनीतिक विषय, पार्टीको आगामी रणनीति तथा आन्तरिक विषयमा छलफल हुने जनाइएको छ।

Leave a Comment