बाराका विभिन्न ठाउँमा लागू औषध गाँजाको खेती, प्रहरीको भुमिका शंकास्पद

बिश्व खबर
बिश्व खबर पाठक संख्या : 146
पढ्न लाग्ने समय : 1 मिनेट

२७ माघ,बारा: सरकारले प्रतिबन्ध लगाएपनी बाराका विभिन्न ठाउँमा गाँजाको खेती गरिएको छ ।
प्रतिबन्धित लागू औषध गाँजाको खेती गरिएपनी प्रहरीले कार्बाही र फडानी गर्ने तर्फ ध्यान नदिएको आरोप बाराका नागरिकले लगाएका छन ।
जिल्ला प्रहरी कार्यालयको टोलीले केही ठाउँको गाँजा फडानी गरेपनी अझै केही ठाउँमा गाँजा लगाइएको छ ।
जिल्ला प्रहरी कार्यालयको टोलीले गाँजा खेती गर्नेसँग आर्थिक नजराना लिएर संरक्षण गरेको आरोप स्थानीयले लगाएका छन ।
स्रोतका अनुसार महेन्द्र खडका प्रहरी उपरीक्षक भएको बेला प्रहरीको टोलीले गाँजा खेती गर्नेसंग प्रतिकठा चार हजारका दरले रकम संकलन गरेर गाँजा खेतीलाई संरक्षण गरेका थिए ।

बाराको फेंटा गाउँपालिकाको एउटा वडामा अझै गाँजा रोपिएको छ ।
संचारकर्मीहरुले प्रश्न राखेपछि बाराका नयाँ प्रहरी उपरीक्षक सन्तोष तामाङ्गले अमलेखगञ्ज र रतनपुरका केही ठाउँको गाँजा फडानी गराएका छन ।
तर जिल्ला प्रहरी कार्यालयबाट गाँजा फडानी गर्न प्रहरी टोली जाने सूचना ईलाका प्रहरी कार्यालय अमलेखगञ्ज मार्फत गाँजा खेती गर्ने सम्म पुरयाएर रातारात केही गाँजा काटेर लुकाउन लगाएका छन ।
जिल्ला केही ठाउँमा अझै गाँजा फडानी भएको छैन । केही ठाउँको गाँजा रोपिएको फोटो यस अनलाईनसंग सुरक्षित छ ।
फडानी गरिएको गाँजा पनि आगो बालेर राम्रोसँग नष्ट नगरिएको स्रोतको दाबी छ ।
प्रहरीले भने जिल्लाका केही ठाउँमा रोपिएको गाँजा पुर्ण रुपमा फडानी भईसकेको दाबी गरेको छ ।