जसपाले प्रधानमन्त्रीलाई दियो २ मन्त्री र १ राज्यमन्त्रीको नाम

बिश्वखबर
बिश्वखबर पाठक संख्या : 44
पढ्न लाग्ने समय : 1 मिनेट

३१ वैशाख, काठमाडौं : अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले सरकारमा थप दुई मन्त्री र एक राज्यमन्त्री पठाएको छ । एक पदाधिकारीका अनुसार सचिव प्रदीप यादव र रञ्जु झालाई मन्त्री र सांसद हसिना खान राज्यमन्त्रीमा सिफारिस गरेको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यादव स्वास्थ्य तथा जनसंख्या मन्त्री र खान स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी दिने टुंगो लागेको ती पदाधिकारीले बताए । झाको मन्त्रालय भने अहिलेसम्म टुंगो लागेको छैन । ‘एक दुई दिन समय लाग्न सक्छ, तर कुनै मन्त्रालय खाली गरेर उहाँलाई दिने कुरा भएको छ’, उनले भने ।

उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले सोमबार राजीनामा दिएपछि उक्त मन्त्रालय खाली भएको छ ।

  • An error has occurred, which probably means the feed is down. Try again later.