काठमाडौँ । नेपाली कांग्रेस ले संगठन सुदृढीकरणलाई लक्षित गर्दै सातै प्रदेशमा प्रदेशस्तरीय भेला सञ्चालन गर्ने निर्णय गरेको छ।
पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान को बैठकले वैशाख र जेठ महिनाभर प्रदेश तथा स्थानीय तह केन्द्रित दुईदिने भेला आयोजना गर्ने कार्यतालिका तय गरेको हो। प्रतिष्ठान प्रमुख विश्वप्रकाश शर्मा ले बैठकमा उक्त योजना प्रस्तुत गरेका थिए।
निर्धारित कार्यक्रमअनुसार वैशाख २६–२७ मा धनगढी (सुदूरपश्चिम), २८–२९ मा सुर्खेतको लेकवेसी (कर्णाली) र ३१ तथा जेठ १ मा पोखरा (गण्डकी) मा भेला हुनेछ। त्यस्तै, जेठ ४–५ मा धुलिखेल (बागमती), ६–७ मा वर्दिवास (मधेस), ८–९ मा सुनसरीको लौकी (कोसी) र १४–१५ मा तिलोत्तमा (लुम्बिनी) मा कार्यक्रम तय गरिएको छ।
बैठकले प्रतिष्ठानको उपप्रमुखमा मधु आचार्य लाई चयन गरेको छ। यसअघि सभापति गगन थापा ले प्रतिष्ठानको भूमिका, जिम्मेवारी र अधिकारबारे धारणा राखेका थिए।
कांग्रेसले यी भेलामार्फत संगठन विस्तार, कार्यकर्ता प्रशिक्षण र आगामी राजनीतिक रणनीतिमा एकरूपता ल्याउने लक्ष्य राखेको जनाएको छ।
कांग्रेसको प्रदेश अभियान: सातै प्रदेशमा दुईदिने भेला आयोजना गर्ने निर्णय
Leave a Comment
Leave a Comment



