पत्रकार किशोर श्रेष्ठ पक्राउ

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 0 मिनेट

काठमाडौं । प्रहरीले जनआस्था साप्ताहिकका सम्पादक तथा पत्रकार किशोर श्रेष्ठलाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार श्रेष्ठलाई बुधबार ललितपुरको कुसुन्तीबाट जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो।
प्रहरीका केन्द्रीय प्रवक्ता अविनारायण काफ्लेले श्रेष्ठलाई वैयक्तिक गोपनीयतासम्बन्धी कसुरमा परेको उजुरीका आधारमा पक्राउ गरिएको जानकारी दिए।
श्रेष्ठलाई पक्राउ गरिएको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। उनी प्रेस काउन्सिल नेपालका पूर्वकार्यवाहक अध्यक्षसमेत हुन्।

Leave a Comment