प्रधानन्यायाधीश सिफारिस भएका मनोज शर्माविरुद्ध १६ उजुरी, आजै सुनुवाइ

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौं : प्रधानन्यायाधीशमा सिफारिस भएका डा. मनोज कुमार शर्मा विरुद्ध परेका उजुरीमाथि संसदीय सुनुवाइ प्रक्रिया सुरु भएको छ।
संसदीय सुनुवाइ समितिको मंगलबार बसेको बैठकमा शर्माविरुद्ध परेका उजुरीको विवरण तथा उनको कार्ययोजना सांसदहरूलाई वितरण गरिएको छ।
समिति अनुसार शर्माविरुद्ध १६ वटा उजुरी दर्ता भएका छन्। तीमध्ये ११ वटा इमेलमार्फत र ५ वटा लिखित निवेदनका रूपमा परेका हुन्।
समिति सभापति बोधनारायण श्रेष्ठ ले आज उजुरीकर्तासँग छलफल गर्ने र त्यसपछि शर्माको सुनुवाइ पनि आजै गर्ने तयारी रहेको जानकारी दिए।
गत २४ वैशाखमा बसेको संवैधानिक परिषद् बैठकले सर्वोच्च अदालतका चौथो वरीयताका न्यायाधीश डा. मनोज कुमार शर्मालाई प्रधानन्यायाधीशमा नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको थियो।
नेपालको कानुनी व्यवस्था अनुसार संसदीय सुनुवाइ प्रक्रिया पूरा भएपछि राष्ट्रपतिबाट प्रधानन्यायाधीश नियुक्त हुने व्यवस्था छ।

Leave a Comment