६ चैत्र,बारा: बाराको मटिअर्वा स्थित सशस्त्र प्रहरीका डीएसपीको सरुवा भएको छ ।
सशस्त्र प्रहरी मुख्यालयले मटिअर्वा स्थित सशस्त्र प्रहरीको प्रस्तावित गुल्मका डीएसपी योगराज दाहालको सरुवा गरेको हो ।
दाहालको ठाउँमा सशस्त्रको मुख्यालयले प्रहरी नायब उपरीक्षक उदयराज न्यौपानेलाई पठाएको छ ।
आएको दुई महिना नपुग्दै मुख्यालयले डीएसपी दाहलको सरुवा गरेको हो ।
डीएसपी दाहालले तस्करहरुसंग आर्थिक लाभ लिएर तस्करी गराएको गुनासो पुगेपछि मुख्यालयले सरुवा गरेको हो ।
स्रोतका अनुसार डीएसपी दाहालले मटिअर्वा कबहीगोठ र दक्षिण झिटकैया नाकाबाट तस्करी गराउँदै रकम असुली रहेका थिए ।
डीएसपी दाहालले किराना समान ओसार्नेसंग प्रती साईकल महिनाको पाँच हजार र मोटरसाईकलसंग दस हजार महिनावारी असुल गर्दै आएको स्रोतले दाबी गरेको छ ।
डीएसपी दाहालले भने आफुले कसैसँग आर्थिक लाभ नलिएको दाबी गरे ।
मटिअर्वाका सशस्त्र प्रहरीका डीएसपी दाहालको सरुवा, न्यौपाने आउँदै

Leave a Reply